राज्यमन्त्री श्रेष्ठको घोषणा : सरकारी सेवासुविधा नलिने, मन्त्री हुन्जेल व्यावसायिक संस्थाबाट अलग
आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दै उनले आवास, गाडी, तलबभत्तालगायत सुविधा नलिने घोषणा गरेका हुन्।
काठमाडौं, साउन १८ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन्।
आज (सोमबार) भर्चुअल रूपमा पत्रकार सम्मेलनमार्फत आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दै उनले आवास, गाडी, तलबभत्तालगायत सुविधा नलिने घोषणा गरेका हुन् ।
मन्त्री पदमा हुन्जेल आफू संग्लग्न सबै व्यावसायिक संस्थाबाट समेत अलग हुने घोषणा उनले गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० गते उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
प्रकाशित मिति: १२:३३ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





