Kathmandu Press

दार्चुला घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली आज जाँदै

काठमाडौं, साउन १८ : महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ...
दार्चुला घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली आज जाँदै

काठमाडौं, साउन १८ : महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाँदैछ। गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन भएको टोली आज दार्चुला जान लागेको हो।

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए।

उक्त घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए। छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्