Kathmandu Press

साझा नीति तथा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको कार्यदल बैठक

सत्ता गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदल बैठक बसिरहेको छ।
साझा नीति तथा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको कार्यदल बैठक

काठमाडौं, साउन १८ : सत्ता गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदल बैठक बसिरहेको छ।

बैठकमा कांग्रेसबाट पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन, जसपाबाट महेन्द्रप्रसाद यादवलगायत नेता बैठकमा सहभागी छन् ।

आइतबारको कार्यदल बैठकमा एमालेको माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी भए पनि सोमबार उनी उपस्थित छैनन् ।

बैठकले सत्ता गठबन्धनको साझा कार्यक्रम तय गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: ११:३२ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्