Kathmandu Press

सामाजिक सुरक्षा कोषमा ९ लाखमध्ये तीन हजार संस्थामात्रै आवद्ध

काठमाडौं, असार २४ : सरकारले प्राथमिकताका साथ सुरुआत गरेकोे सामाजिक सुरक्षा कोष साउन १ गतेबाट लागू गरिने भएको छ। तर, यसमा आवद्ध संस्थाको संख्या भने न्य....

सामाजिक सुरक्षा कोषमा ९ लाखमध्ये तीन हजार संस्थामात्रै आवद्ध
फाइल फोटो

काठमाडौं, असार २४ : सरकारले प्राथमिकताका साथ सुरुआत गरेकोे सामाजिक सुरक्षा कोष साउन १ गतेबाट लागू गरिने भएको छ। तर, यसमा आवद्ध संस्थाको संख्या भने न्यून छ ।

सरकारले आठ महिना अघि सामाजिक सुरक्षा कोष लागू गरेको थियो । यो अवधिमा रोजगारदाताले भने कोषमा आवद्ध रुचि देखाएका छैनन्। अहिलेसम्म तीन हजार चार सय ७२ संस्थामै सूचिकृत भएको सामाजिक सुरक्षा कोष प्रवक्ता रमा भट्टराईले बताइन्। जबकी नेपालमा नौ लाख संस्था छन्।

Hardik ivf

आर्थिक तथा सामाजिक रूपले जोखिममा रहेका नागरिकलाई सुविधा दिने उद्देश्यले सामाजिक सुरक्षा कोष सञ्चालन गरिएको हो। गत मंसिर ६ मा यसको औपचारिक उद्घाटन गर्दै यहि वैशााख १५ गतेसम्म दर्ता हुन समय दिएको थियो।

यो अवधिमा देशभरका सबै संस्था आवद्ध भइसक्नु पर्ने नियम बनाएको थियो। त्यसपछि असार मसान्तसम्मको समय थपेको छ। अहिले पनि यो संख्या न्यून छ । ‘अब कोषमा जति आबद्ध भएका छन्, त्यतिबाट लागु हुन्छ। थपिने क्रम जारी रहन्छ,’ प्रवक्ता भट्टराईले भनिन्। अपेक्षा गरेअनुसार, संस्था दर्ता नभएको उनको भनाइ छ।

यसमा ठूला  कम्पनी दर्ता हुन चाहेका छैनन्। कर्मचारीलाई राम्रो सेवा सुविधा दिने  काम्पनीहरू भने कोषमा आउनै नचाहने भएकाले पनि संख्या न्यून भएको प्रवक्ता भट्टराईको भनाइ छ।

‘कोषमा आवद्ध भएपछि रोजगारदातालाई थप आर्थिक भार पर्न आउने भएकाले पनि काषमा आउन नचाएको हुनसक्छ,’ उनले भनिन्।

देशभर रोजगार दाता संस्था नौ लाख छन्। त्यसमा काम गर्ने कर्मचारी ३४ लाख छन्। असार २४ गतेसम्म कोषमा तीन हजार चार सय ७२ संघसंस्था र १६ हजार एक सय २० कर्मचारी मात्रै आवद्ध भएका छन्।

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्