माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, साउन १८ : सरकारमा सहभागिताका लागि मन्त्री छनोट गर्न बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।सरकारमा जाने मन्त्रीहरू टुंगो...
काठमाडौं, साउन १८ : सरकारमा सहभागिताका लागि मन्त्री छनोट गर्न बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।
सरकारमा जाने मन्त्रीहरू टुंगो लगाउन आज अपरान्ह ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो।
तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले आज बैठक नबस्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: १०:३६ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





