आन्तरिक विवादबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, साउन १८ : आन्तरिक विवादका विषयमा छलफल गर्न आज पनि नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्न लागेको छ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा...
काठमाडौं, साउन १८ : आन्तरिक विवादका विषयमा छलफल गर्न आज पनि नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्न लागेको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनका अनुसार आज अपराह्न ३ बजे बैठक बस्नेछ।
आइतबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। आइतबारको बैठकमा विधान महाधिवेशन, स्थानीय निकायका पार्टी अधिवेशनका विषयमा निर्णय भएको थियो। त्यससँगै साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको थियो।
आजको बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने जनाइएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भइरहेको छलफलका विषयमा पनि यसअघि गठिन कार्यदलमा रहेका सदस्यहरुले जानकारी दिने भएका छन्।
त्यसका आधारमा के गर्ने भन्ने निष्कर्ष निकालिने जनाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले अब कसैलाई पर्खेर बस्न नसकिने बताउँदै आएका छन्।
उनले शनिबार आयोजित कार्यक्रममा नेपालका लागि एमालेमा ठाउँ नभएको बताएका थिए। अध्यक्ष ओलीले नेपाललाई पार्टी विरोधी तथा देशद्रोही भनेका थिए।
-1789476019.jpg)




-1789476019.jpg)





