Kathmandu Press

म्यानमारमा सैन्य शासकले आफैलाई गरे प्रधानमन्त्री घोषणा

काठमाडौं, साउन १८ : जननिर्वाचित सरकारलाई हटाएर सत्ता हातमा लिएका म्यानमारका सैन्य शासक मिन औंङ हलियाङले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन्।गत माघ १९...
म्यानमारमा सैन्य शासकले आफैलाई गरे प्रधानमन्त्री घोषणा

काठमाडौं, साउन १८ : जननिर्वाचित सरकारलाई हटाएर सत्ता हातमा लिएका म्यानमारका सैन्य शासक मिन औंङ हलियाङले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन्।

गत माघ १९ गते स्टेट काउन्सिलर आङसाङ सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई हिरासतमा लिएर जनरल हलियाङले सत्ता हातमा लिएका थिए। उनले संकटकाल घोषणा गरेका थिए।

आइतबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै हलियाङले आफूलाई प्रधानमन्त्री घोषणा गरेको बीबीसीले जनाएको छ। उनले एक घण्टा लामो सम्बोधनको क्रममा खुला र निष्पक्ष बहुदलीय व्यवस्था ल्याउने घोषणा गरेका छन्।

अहिले जारी संकटकाललाई सन् २०२३ को अगष्टसम्म लम्बाएका छन्। त्यसपछि निर्वाचन गर्ने घोषणा गरेका छन्।

सैन्य शासनको विरोधमा म्यानमारमा आन्दोलन हुँदै आएको छ। आन्दोलनका क्रममा अहिलेसम्म एक हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

 

प्रकाशित मिति: ०७:४७ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्