Kathmandu Press

एन्फा सहायक महासचिव अर्यालको राजीनामा

काठमाडौं, साउन १८ : अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले राजीनामा दिएका छन्।उनले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई...
एन्फा सहायक महासचिव अर्यालको राजीनामा

काठमाडौं, साउन १८ : अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले राजीनामा दिएका छन्।

उनले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाएर राजीनामा दिएका हुन्। एन्फाको विधान संशोधन भएकाले पदमा बसिरहन उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएका हुन्।

एन्फाको साधारणसभाले विधान संसोधन गरेको थियो। जसअनुसार, मनोनित पदहरु खारेज गरिएको थियो।

सहायक महासचिव अर्याल मनोनयन भएर एन्फा पदाधिकारी बनेका थिए। अध्यक्ष शेर्पाले १७ जनालाई कार्यसमितिमा मनोनित गरेका थिए।

उनीहरुमध्ये सहायक महासचिव अर्यालले राजीनामा दिएका हुन्। मनोनित पद खारेज गरिएकाले नैतिक रुपमा राजीनामा दिएको उनको भनाइ छ।

प्रकाशित मिति: ०६:५४ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्