Kathmandu Press

एमालेको निर्णय : साउन २७ गतेभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने 

एमालेको निर्णय : साउन २७ गतेभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने 

काठमाडौं, साउन १७ : नेकपा (एमाले) ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ ।

आइतबार बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको हो ।

भदौँ २७ र २८ गते हामी विधान महाधिवेशन गर्ने भएकोले साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नवीकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइसक्नु भएको बताईएको छ ।

असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने महासचिव ईश्वर पोखरेलले बताए । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले बताए । 

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्