Kathmandu Press

अभिनेत्री शिल्पाले दिइन् छवि ओझाविरुद्ध उजुरी

काठमाडौं, असार २५ : फिल्म निर्माता छवि ओझाकी चौथो श्रिमती अभिनेत्री शिल्पा पोखरेलले उजुरी दिएकी छन्।

शिल्पाले शान्ति सुरुक्षा कायम गरी पाउँ&....

अभिनेत्री शिल्पाले दिइन् छवि ओझाविरुद्ध उजुरी

काठमाडौं, असार २५ : फिल्म निर्माता छवि ओझाकी चौथो श्रिमती अभिनेत्री शिल्पा पोखरेलले उजुरी दिएकी छन्।

शिल्पाले शान्ति सुरुक्षा कायम गरी पाउँ भनि तीन दिनअघि छवि ओझाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले आवश्यक अनुसन्धान भइरहेको बताए। ‘हामीले छविजीसँग कुरा गरेर बुझ्न खोजिरहेका छौं। आज दिउँसो ३ बजे उहाँलाई प्रहरी परिसरमा बोलाएका छौं,’ उनले भने।

Hardik ivf

आज दुबै पक्षलाई राखेर छलफल गरिने प्रहरीले जनाएको छ। छवि र शिल्पाले तीन वर्षअघि सुटुक्क विवाह गरेका थिए। उनीहरूले गत वर्षमात्रै आफूहरु वैवाहिक सम्बन्धमा बाँधिसकेको खुलाएका थिए।

शिल्पालाई छविले नै ‘लज्जा’ फिल्ममार्फत सिनेमा क्षेत्रमा भित्र्याएका थिए। यसअघि उनका तीन विहे भएका थिए। चौथो श्रीमतीका रुपमा शिल्पा भित्रिएकी थिइन्।

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्