माओवादी केन्द्रका पूर्वनेता न्यौपाने र पन्थीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन १७ : एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रद्वारा कारबाहि गरिएका लुम्बिनी प्रदेशसभाको संसद पद थमौतीका लागि नेताद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
आज (आइतबार) न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। तर इजलासले कारण देखाऊ आदेश भने जारी गरेको छ।
छलफलका लागि भनेर दुवै पक्षलाई भदौ ८ गते बोलाएको छ। न्यौपाने र पन्थीले संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरुलाई हटाइएको साउन ७ गते रिट दायर गरेका थिए।
प्रकाशित मिति: १८:०० बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





