निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थको रिट हेर्न नभ्याइनेमा
काठमाडौं, साउन १७ : महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता निरूपणका लागि निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट हेर्न नभ्याइनेमा...
काठमाडौं, साउन १७ : महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता निरूपणका लागि निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट हेर्न नभ्याइनेमा परेको छ।
आयोगको निर्णय खारेज गरिनुपर्ने माग राखेर ठाकुरका तर्फबाट अधिवक्ता प्रदीपकुमार पाठकले गत शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइका लागि आज (आइतबार) न्यायाधीश आनन्दमोहन भट्टराइको इजलासमा पेसी तोकिएको थियो तर हेर्न नभ्याउने परेको हो।
रिटमा जसपा विधानविपरीत आयोगबाट निर्णय भएको दाबी गरिएको छ।
उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय कार्यान्वयनले पार्टी विभाजन हुने र पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने भएकाले सो निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश माग गरिएको छ।
प्रकाशित मिति: १६:५२ बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





