Kathmandu Press

२ महिनापछि सर्‍यो ए डिभिजन लिग

२ महिनापछि सर्‍यो ए डिभिजन लिग

काठमाडौं, साउन १७ : सहिद स्मारक ए डिभिजन लिग २ महिनापछि परेको छ। असोज ३ गतेबाट सुरु हुने भनिएको ए डिभिजन लिग अब कात्तिक २९ गतेका सुरु हुनेछ।

आइतबार ए डिभिजन क्लबहरुसँगको छलफल पछि एन्फले ए डिभिजन लिगको नयाँ मिति तोकेको हो। एन्फाले बैठकमा कात्तिक २९ गतेका लागि प्रस्ताव गरेको थियो, एन्फाको सोही प्रस्तावमा क्लबहरु सहमति जनाएका थिए।

अक्टोबर पहिलो साता साफ च्याम्पियनसिप हुने भएकाले लिग पछाडि सार्नुपर्ने एन्फाले जनाएको छ। साफ च्याम्पियनसिप आयोजकको टुंगो भने अझै लाग्न सकेको छैन । प्रतियोगिता आयोजनाका नेपाल र माल्दिभ्सले दावीी पेश गरेका छन्।

यसअघि ललितपुरका ४ क्लबहरु थ्री स्टार, जावलाखेल युथ, फ्रेन्ड्स र ब्रिगेड बोइज क्लबले लिग सार्न माग गर्दै एन्फमा ज्ञापन पत्र बुझाएका थिए।

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्