Kathmandu Press

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम पनि सहभागी

काठमाडौं, साउन १७ : ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ।बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्।गौतम पछिल्लो...
एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम पनि सहभागी

काठमाडौं, साउन १७ : ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्।

गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।

हिजो (शनिबार) बोलाइएको बैठक पार्टी एकताको पहल गर्ने भन्दै आज (आइतबार) बस्ने गरी स्थगित भएको थियो।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाली समूहका स्थायी कमिटी सदस्यहरु भने उपस्थित नभएको जनाइएको छ।

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्