Kathmandu Press

राष्ट्रपतिद्वारा कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं, साउन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छन् ।नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सैनिक...
राष्ट्रपतिद्वारा कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं, साउन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छन् ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार उनलाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज (आइतबार) विज्ञप्ति जारी गरेर प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि आगामी भदौ २४ गतेबाट समाप्त भइ अनिवार्य अवकाश पाउने र साउन २५ गतेबाट घरबिदामा बस्‍ने भएकाले उनलाई ज्येष्ठताका आधारमा नियुक्त गरिएको जानकारी गराएका हुन्।

‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले बलाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा (३० अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८-४-१२ गतेको निर्णयबाट सिफारिस भएबमोजिम मिति २०७८-४-६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्