Kathmandu Press

तुइन काटिएको घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं, साउन १७ : माओवादी केन्द्रले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काइदिँदा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा भएको घटनामा...
तुइन काटिएको घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं, साउन १७ : माओवादी केन्द्रले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काइदिँदा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा भएको घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेको छ। 

माओवादी केन्द्रको आज (आइतबार) पेरिसडाँडास्थित कार्यालयमा बसेको स्थायी कमिटी बैठकले एसएसबीले तुइनको डोरी काट्दा धामी बेपत्ता भएको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए। 

उक्त घटनाका दोषीमाथि कडा कारबाहीका लागि कूटनीतिक माध्यमबाट पहल थाल्न बैठकले सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको उनले बताए। 

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्