Kathmandu Press

साउनभित्रै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं, साउन १७ : नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।बैठकले देशभरका छ हजार...
साउनभित्रै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं, साउन १७ : नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।

बैठकले देशभरका छ हजार सात सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न निर्देशन दिएको हो।

वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्नेछ। साउन ३० मा माओवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

३० गतेकाे बैठकमा आउँदा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेशभित्रका वडाको वडा कमिटी गठनको विवरण लिएर आउनुपर्ने बताइएको छ। 

यस्तै, सरकारमा जाने मन्त्रीहरू टुंग्याउनका लागि सोमबार ३ बजे स्थायी कमिटी बैठक बस्ने माओवादी केन्द्रको तयारी छ।

प्रकाशित मिति: १४:५० बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्