Kathmandu Press

कर्णालीमा डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीनजना बेपत्ता

कैलाली, साउन १७ : कर्णालीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन्। पाँचजना पौडेर किनारमा उत्रिएको र दुई जनाकाे घाइते अवस्थामा उद्धार गरिएको कैलाली प्रहरीले...
कर्णालीमा डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीनजना बेपत्ता

कैलाली, साउन १७ : कर्णालीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन्। पाँचजना पौडेर किनारमा उत्रिएको र दुई जनाकाे घाइते अवस्थामा उद्धार गरिएको कैलाली प्रहरीले जनाएको छ । 

कैलालीको मोहन्याल गाउँपालिका-३ रागाँमलेखास्थित कर्णाली नदीमा आज (आइतबार) डुंगा पल्टिँदा स्थानीय २० वर्षीया उर्मिला सलामी मगर र २० वर्षीया पार्वती थापासँगै १० दिनको बच्चा बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ। 

घाइते हुने दुईजना स्थानीय १९ वर्षीया धनसरा सलामी मगर र एक महिने बालक कर्ण सलामी रहेको प्रहरीको भनाइ छ। 

बच्चालाई खोप लगाउन भनी सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकी जाने क्रममा कर्णाली तर्दा काठको डुंगा पल्टिएको जनाइएको छ। कैलाली प्रहरीका अनुसार जनाएको  बेपत्ताको खोजी भइरहेको छ।

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्