Kathmandu Press

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न कर्मचारी युनियनकाे माग

काठमाडौं, साउन १७ : नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न माग गरेको छ।युनियनले आज...
धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न कर्मचारी युनियनकाे माग

काठमाडौं, साउन १७ : नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न माग गरेको छ।

युनियनले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको आरोप लगाउँदै निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।

आचारसंहिता मिचेर छोरीको नाममा सेयर किनेको भन्दै बोर्ड अध्यक्ष ढुंगानाको चर्को विरोध भइरहेको छ। नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर छोरी रेबिका ढुंगानाको नाममा भेटिएपछि उनको विरोध हुँदै आएको छ। 

यस्तो विषय बाहिर आउँदा बोर्ड र अध्यक्षको प्रतिष्ठामा आँच आएको युनियनको भनाइ छ। अर्थ मन्त्रालयले बोर्डका नाममा पत्राचार गरेर तीन दिनभित्र स्पष्टीकरण सोधेको थियो। 

उक्त स्पष्टीकरणपत्रमा व्यक्तिको नाम नराखी कार्यालयको नाम मात्रै उल्लेख गरेको भन्दै युनियनले अर्थमन्त्रालयप्रति पनि आपत्ति जनाएको छ। व्यक्ति विशेषले गरेको गल्तीलाई समग्र संस्थाको गल्तीका रुपमा औंल्याउनु गलत भएको युनियनले बताएको छ।

युनियन अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नलाई तत्काल निलम्बन गरी ऐनको दफा ७ (७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानुुनका आधारमा अबिलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्