प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं, साउन १७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।आज (आइतबार) बिहान कोटेश्वरस्थित नेपाल निवासमा...
काठमाडौं, साउन १७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आज (आइतबार) बिहान कोटेश्वरस्थित नेपाल निवासमा भएको भेटवार्तामा सरकारमा सहभागिताबारे छलफल भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला उनीहरूबीच भएकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटवार्तामा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ। प्रधानमन्त्री देउवाले पनि एमालेको माधव पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरिसकेका छन्।
एमालेमा एकताका लागि प्रयास भइरहेको भन्दै नेता नेपालले भने सरकारमा नजाने बताउँदै आएक छन्।
प्रकाशित मिति: १३:०३ बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)





-1789476019.jpg)




