Kathmandu Press

बूढानीलकण्ठमा ५१ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, साउन १७ : बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो। खोप शुरु भएदेखि हालसम्म विभिन्न...
बूढानीलकण्ठमा ५१ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, साउन १७ : बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो।
 
खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका  नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताए। नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन्।

त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन्। नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए। 

थोरै मात्र खोप प्राप्त हुँदा  एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले  दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उनले जानकारी दिए। यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रबारदेखि आठवटा  खोप केन्द्र सञ्चालन गरिएको थियो।  
 

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्