Kathmandu Press

भुटानले तीन लाख डोज एस्ट्राजेनेका खोप दिने

काठमाडौं, साउन १७ : भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ। भुटानले आफ्ना देशका लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई एस्ट्राजेनेकाको खोप...
भुटानले तीन लाख डोज एस्ट्राजेनेका खोप दिने

काठमाडौं, साउन १७ : भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ। भुटानले आफ्ना देशका लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई एस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।

आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ ।

भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति ९सीसीएमसी० को बैठकमा पनि छलफल भएको थियो । भुटानले दिने खोप मध्य अगस्टसम्म नेपाल आइपुग्ने छ । सो खोप फागुनमा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजका रुपमा दिन सकिने छ।

नेपाललाई जापान सरकारले १६ लाख डोज एस्ट्राजेनेका खोप अनुदानमा दिएको छ। सो खोप भदौ पहिलो सातासम्म नेपाल आइपुग्ने भएको छ ।

प्रकाशित मिति: १२:०३ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्