Kathmandu Press

१० दिन रोकियो राष्ट्रिय टिमको बन्द प्रशिक्षण

काठमाडौं, साउन १७ : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण १० दिनका लागि रोकिएको छ। साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको...
१० दिन रोकियो राष्ट्रिय टिमको बन्द प्रशिक्षण

काठमाडौं, साउन १७ : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण १० दिनका लागि रोकिएको छ। साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको नेपाली टिमलाई १० दिन आराम दिन बन्द प्रशिक्षण १० दिन रोकिएको हो।

साफ च्याम्पियनसिप केही पछि सरेपछि खेलाडीको अनुरोधमा बन्द प्रशिक्षण १० दिनका लागि रोकिएको एन्फाले जनाएको छ। ‘लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीले परिवारसंग केही समय बस्न अनुरोध गरेपछि खेलाडीलाई विश्राम दिइएको हो । खेलाडीलाई अगष्ट १० मा फर्कने गरि बिदा दिईएको हो,’ एन्फा प्रवक्ता किरण राईले भने।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टिमको बन्द प्रशिक्षणमा ३६ खेलाडी थिए। राजिनामा प्रकरणले विवादमा आएका प्रशिक्षक अलमुताइरील शनिबारबाट मात्र प्रशिक्षणमा फर्किएका थिए।

प्रकाशित मिति: ११:५८ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्