Kathmandu Press

आज फेरि बस्दै एमाले स्थायी कमिटी बैठक

काठमाडौं, साउन १७ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।पार्टी एकताको पहल गर्न भन्दै शनिबार बोलाएको स्थायी कमिटी बैठक...
आज फेरि बस्दै एमाले स्थायी कमिटी बैठक

काठमाडौं, साउन १७ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।

पार्टी एकताको पहल गर्न भन्दै शनिबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो। आज फेरि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

सचिव तामाङका अनुसार बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने भएको छ।

यससँगै कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे बैठकमा छलफल हुनेछ।

शनिबार बोलाइएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएको थिएन। आजको बैठकमा पनि सहभागी हुने नहुने एकीन छैन।

 

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्