कम्युनिस्टको बृहत एकताबाट समाजवादी क्रान्तिको यात्रा : देव गुरुङ
माओवादी केन्द्र स्थायी कमिटी सदस्य देव गुरुङले कम्युनिस्टको बृहत् एकताबाट समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने बताएका छन् ।
काठमाडौं, साउन १६ : माओवादी केन्द्र स्थायी कमिटी सदस्य देव गुरुङले कम्युनिस्टको बृहत् एकताबाट समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने बताएका छन् ।
पार्टीको खानीखोला गाउँपालिका कमिटी, काभ्रेपलाञ्चोकले बनेपामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुक स्वाधीन नभइकन समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्न सक्दैन ।’ माओवादी केन्द्रले लिएको बाटोबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने उल्लेख गर्दै उने त्यसका लागि सम्पूर्ण देशभक्त, क्रान्तिकारी कम्युनिस्टको बृहत् एकताको आवश्यकता औँल्याए ।
यस्तै, माओवादी केन्द्रका नेता तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष सूर्यमान दोङ र नेता इन्द्रबहादुर थिङले पार्टीले अगाडि बढाएको कार्यदिशा पूरा गर्नका लागि युवापंक्तिलाई आग्रह गरे । रासस
प्रकाशित मिति: २०:४७ बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











