सिन्धुपाल्चोकमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्।
चौतारा, साउन १६ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।
१४ साउनको एक पूजामा सहभागीमध्ये २८ जनालाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली पठाएर उपचार गरिएको उनले बताइन् । बिरामीमध्ये तीनजनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।
अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपालले जानकारी दिइन् । ‘फुड पोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठीक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस
प्रकाशित मिति: २०:३० बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











