Kathmandu Press

प्रकाश सपूतको नयाँ तीज गीत ‘जिन्दगी यस्तै नै रहेछ’

काठमाडौं, साउन १६ : ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ। नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सिन्चुरी र...
प्रकाश सपूतको नयाँ तीज गीत ‘जिन्दगी यस्तै नै रहेछ’

काठमाडौं, साउन १६ : ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ। 

नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सिन्चुरी र अजय कार्कीको स्वर रहेको छ। सिन्चुरी रियालिटी शो भ्वइस अफ नेपाल सिजन ३ को नकआउट चरणबाट बाहिरिएकी थिइन्।  

Hardik ivf

गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेको भिडियोमा प्रकाश सपूत र समीक्षा बस्नेतलाई फिचरिङ गरिएको छ। लोक ब्याटल्समा आधरित गीतको म्युजिक भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ। 

यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ। एमएएस इन्टरटेनमेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो। 
 

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्