उपत्यका थप ७७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १६ : काठमाडौं उपत्यकामा थप ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित छन्। त्यस्तै, अहिले उपत्यकामा ८ हजार ६६९ जना सक्रिय संक्रमित छन्।
काठमाडौंमा ५९९५, ललितपुरमा १५४० र भक्तपुरमा ११३४ जना सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: १६:४७ बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











