Kathmandu Press

एकताका लागि केही समय पर्खिने एमाले स्थायी कमिटीको निष्कर्ष

काठमाडौं, साउन १६ : एमाले स्थायी कमिटीको आज (शनिबार) को बैठक पार्टी एकताका लागि केही समय पर्खिने निष्कर्ष निकाल्दै सकिएको छ। मूल एजेन्डामा प्रवेश...
एकताका लागि केही समय पर्खिने एमाले स्थायी कमिटीको निष्कर्ष
फाइल तस्बिर

काठमाडौं, साउन १६ : एमाले स्थायी कमिटीको आज (शनिबार) को बैठक पार्टी एकताका लागि केही समय पर्खिने निष्कर्ष निकाल्दै सकिएको छ। मूल एजेन्डामा प्रवेश नै नगरी आजको बैठक सकिएको बताइउको छ।

भोलिदेखिको बैठकले एजेन्डामा रहेर छलफल गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। भोलि (सोमबार) ३ बजे फेरि बैठक बस्ने उनले जानकारी दिए।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न आजको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई बोलाइएको भए पनि सहभागिता भने रहेन। 

एमालेको आन्तरिक विवाद समाधान गरी एकता कायम गर्न विघटित कार्यदलका सदस्यले प्रयास गरिरहेका छन्। उनीहरुबीच पटकपटक अनौपचारिक छलफल पनिहुँदै आएका छन्।

तर दुई शीर्ष नेताका अडानका कारण अहिलेसम्म सार्थक निष्कर्ष निस्कन सकेको छैन।

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्