Kathmandu Press

थपिए ३१०६ कोरोना संक्रमित, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।
थपिए ३१०६ कोरोना संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, साउन १६ : पछिल्लो २४ घण्टामा ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्