Kathmandu Press

तुइन काटिँदा युवक बेपत्ता भएको घटनाका दोषीलाई दण्डित गर्नुपर्छ : नेता नेपाल

काठमाडौं, साउन १६ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाका दोषीलाई दण्डित गर्नुपर्ने भन्दै भारत...
तुइन काटिँदा युवक बेपत्ता भएको घटनाका दोषीलाई दण्डित गर्नुपर्छ : नेता नेपाल

काठमाडौं, साउन १६ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाका दोषीलाई दण्डित गर्नुपर्ने भन्दै भारत सरकारको ध्यानाकर्षण गराएका छन्।

आज (शनिबार) एमाले अध्यक्ष केपी ओली समूहको युथ फोर्सलाई काउन्टर दिन आयोजित अखिल फोर्सको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्धोधन गर्ने क्रममा उनले सो घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाहीको भागीदार रहेकाले तत्काल घटनाको छानबिन गरिनुपर्नेमा उनले जोड दिए।  

यो विषयमा जोडदारका साथ कुरा उठाउनुुपर्ने भन्दै नेपाल सरकारको पनि उनले ध्यानाकर्षण गराए।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा दार्चुलाको व्यास गाउँपालिका–२ का ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको थियो। 

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्