जसपा अध्यक्ष यादव बने संसदीय दलको नेता
काठमाडौं, असार १६ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन भएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा...
काठमाडौं, असार १६ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन भएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज (शनिबार) बसेको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो।
उनलाई दलको नेता बनाउन जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई प्रस्तावक रहेका थिए भने महेन्द्रप्रसाद यादव समर्थक बसेका थिए।
बैठकमा जसपाका २१ सांसदको उपस्थिति थियाे ।
प्रकाशित मिति: १५:१७ बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











