Kathmandu Press

अब माधवकुमार नेपाल एमालेमा अट्न सक्दैनन् : ओली

आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिनेका लागि पार्टी ठाउँ नै दिन नसकिने उनको भनाइ थियो।
अब माधवकुमार नेपाल एमालेमा अट्न सक्दैनन् : ओली

काठमाडौं, साउन १६ :  एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीमा अट्न नसक्ने बताएका छन्।

एमाले काठमाडौं जिल्ला कमिटीको आज (शनिबार) आयोजित बैठकमा बोल्दै उनले वामपन्थीको सरकार ढाल्न अग्रसर भएको आरोप लागाउँदै नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका हुन्।

आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिनेका लागि पार्टी ठाउँ नै दिन नसकिने उनको भनाइ थियो।  

नेपालका पछि लागेका अरु नेता भने फर्किन सक्ने तर नआउनेलाई समयले नकुर्ने भनाइ ओलीले व्यक्त गरे।

अब पार्टीमा खुट्टा तान्ने कोही नभएको र आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी उनको थियो।

प्रकाशित मिति: १४:१७ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्