प्रदेश ३ को खेलकुद विकास परिषद् सदस्य सचिव भण्डारीले लिए सपथ
हेटाैँडा, असार २४ : प्रदेश ३ को खेलकुद विकास परिषद्का नवनियुक्त सदस्यसचिव तथा सदस्यहरुले सपथ लिएका छन्।
प्रदेश सरकारल....

हेटाैँडा, असार २४ : प्रदेश ३ को खेलकुद विकास परिषद्का नवनियुक्त सदस्यसचिव तथा सदस्यहरुले सपथ लिएका छन्।
प्रदेश सरकारले नियुक्त गरेका परिषद् सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्यहरु विकास तामाङ, माधव तिमल्सिना, ममिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई मंगलबार सपथ खुवाइएको हो। उनीहरूलाई प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
असार ९ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले परिषद्को सदस्य सचिव र पाँच जना सदस्य नियुक्त गरेको थियो। नवनियुक्त सदस्य सचिव भण्डारीले सरकारले दिएको जिम्मेवारीलाई पूर्णरुपले निभाउने प्रतिबद्धता व्यक्त जनाए। भण्डारीले मंगलबारै पदभार पनि ग्रहण गरेका छन्।











