जसपा संसदीय दलको बैठक जारी, दलकाे नेता चुनिँदै
काठमाडौं, साउन १६ : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक सुरु भएको छ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकको मूल एजेन्डा दलको नेता चुन्ने...
काठमाडौं, साउन १६ : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकको मूल एजेन्डा दलको नेता चुन्ने रहेको छ।
जसपा केन्द्रीय कार्यकारिणी समितिद्वारा संसदीय दलको विधान पारिथ गर्ने बेलामा गठित समितिले निर्माण गरेको निर्वाचन तालिकासहित विधि र प्क्रिया पनि यही बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ।
सुुरुमा सहमतिबाटै दलको नेता चुन्ने प्रयास गर्ने, सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत नेता चुन्ने कार्यक्रम छ।
बैठकमा २१ सांसदको उपस्थिति रहेको छ।
प्रकाशित मिति: १३:२४ बजे, शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











