Kathmandu Press

सांसद पद खुस्किएका जसपाका तीन नेता सर्वोच्च अदालत जाने

बुटवल, साउन १६ : सांसदको पदबाट मुक्त भएका जनता समाजवादी पार्टी (जसपा) का तीन नेताले सर्वोच्च अदालतको ढाेका ढक्ढक्याउने भएका छन्।पार्टी निर्देशनविपरी विपरीत...
सांसद पद खुस्किएका जसपाका तीन नेता सर्वोच्च अदालत जाने

बुटवल, साउन १६ : सांसद पदबाट मुक्त भएका जनता समाजवादी पार्टी (जसपा) का तीन नेताले सर्वोच्च अदालतको ढाेका ढक्ढक्याउने भएका छन्।

पार्टी निर्देशनविपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपा लुम्बिनी प्रदेशका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेयलाई पार्टीको केन्द्रीय कार्यकारिणी समितिले कारबाही गरेको भनी बिहीबार पत्र पठाएको थियो।

सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले शुक्रबार सांसद पदबाट मुक्त भएको सूचना सार्वजनिक गरेको थियो।

यसअघि पनि लुम्बिनी प्रदेशसभा संसदीय दलको ससिफरिसमा सुमन शर्मा र यी तीन सांसदमाथि कारबाही भएको थियो। तर सर्वोच्च अदालतले अन्तरिम आदेशले उनीहरुको पद थमौती भएको थियो।

त्यसको अन्तिम अन्तिम फैसला आउन बाँकी रहेको अवस्थामा फेरि आफूहरूमाथि कारबाही गरिनु अदालतको अवहेलना भएकाे उनीहरूले बताएका छन्।
 

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्