Kathmandu Press

सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं, साउन १६ : कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन्।आज (शनिबार) बिहान काठमाडौंको छत्रपाटी निःशुल्क...
सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं, साउन १६ : कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन्।

आज (शनिबार) बिहान काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सरकारको घोषणालाई व्यवहारमा उतार्न नेता सिंहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिए।

मुलुकमा कोरोनाको तेस्रो लहरको जोखिम पनि बढेकाले चाँडोभन्दा चाँडो खोपको व्यवस्था भए नागरिकलाई जोखिमबाट बचाउन सकिने उनको भनाइ थियो।

उनले कोभिसिल्डको दोस्रो डोजबाट वञ्चित भएकालाई त्यसको व्यवस्था गर्नतिर पनि सरकारले ध्यान दिनुपर्ने बताए।

नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गर्नेहलाई सम्मानसमेत गरे।

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्