Kathmandu Press

पदबहाली गरेको भोलिपल्ट मात्र प्रदेश प्रमुख शेरचनलाई भेटे लुम्बिनीका मुख्यमन्त्री पोखरेलले

बुटवल, साउन १६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ।शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले पदबहाली...
पदबहाली गरेको भोलिपल्ट मात्र प्रदेश प्रमुख शेरचनलाई भेटे लुम्बिनीका मुख्यमन्त्री पोखरेलले

बुटवल, साउन १६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ।

शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले पदबहाली गरेको भोलिपल्ट शनिबारबिहान स्वागतसहित भेटवार्ता गरेका हुन्।

शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । 

शनिबार दिउँसो विपक्षी गठबन्धनले स्वागतसहित तथा सशरीर उपस्थित भएर मौखिक रुपमा आफ्नो बहुमत दाबी गर्ने कार्यक्रम तय भएपछि त्यसअघि प्रदेश प्रमुखलाई भेट्न मुख्यमन्त्री पुगेको  बताइएको छ । 

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्