Kathmandu Press

लुम्बिनीमा सरकार बदल्ने पाँच दलीय गठबन्धनको तयारी

बुटवल, साउन १६  : जनता समाजवादी पार्टी (जसपा)ले तीन सांसदलाई कारबाही गरेसँगै लुम्बिनी प्रदेशमा सरकार फेरबदलको तयारी थालिएको छ।सत्तारुढ पाँच दलले नयाँ सरकार...
लुम्बिनीमा सरकार बदल्ने पाँच दलीय गठबन्धनको तयारी

बुटवल, साउन १६  : जनता समाजवादी पार्टी (जसपा)ले तीन सांसदलाई कारबाही गरेसँगै लुम्बिनी प्रदेशमा सरकार फेरबदलको तयारी थालिएको छ।

सत्तारुढ पाँच दलले नयाँ सरकार गठनको तयारी थालेका हुन्। नेकपा (एमाले)का नेता शंकर पोखरेलको नेतृत्वको सरकार अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने उनीहरुले माग गरेका छन्।

शुक्रबार सरकारमा सहभागी जसपाका तीन सांसद कारबाहीमा परेका छन्। प्रदेश सभा सचिवालयले उनीहरु पदमुक्त भएको सूचना जारी गरेको छ।

यसअघि पनि जसपाले सरकारमा सहभागी सांसदलाई कारबाही गरेको थियो। तर, त्यतिबेला सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थमौती गरेको थियो।

तीन सांसद पदमुक्त भएसँगै पाँच दलीय गठबन्धन नयाँ सरकार गठनको तयारीमा जुटेको छ। सरकारले बहुमत गुमाइसकेकाले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए। अब तत्काल मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने उनको भनाइ छ।

अहिले प्रदेश सभामा एमालेका ३८ जना सांसद छन्। जसपाका तीन सहित ४१ जना रहेका थिए। विपक्षमा पनि सभामुख बाहेक ४१ सांसद थिए।

जसपाका तीन सांसद पदमुक्त भएसँगै विपक्षमा सभामुख बाहेक ४१ जना सांसद पुगेका छन्। मुख्यमन्त्री पोखरेलको पक्षमा भने एमालेका ३८ जना सांसद मात्रै छन्।

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्