Kathmandu Press

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकमाथि छानविन गर्न मन्त्रालयलाई एम्फाको आग्रह

काठमाडौं, साउन १६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छानबिन...
वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकमाथि छानविन गर्न मन्त्रालयलाई एम्फाको आग्रह

काठमाडौं, साउन १६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छानबिन गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ।

एन्फाको कार्यसमितिको आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाहको विवाद छानबिन गरिदिन मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो। केही दिनअघि मुख्य प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए। त्यसको कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङ भएको आरोप लगाएका थिए।

उनले यस विषयमा छानबिनको माग गर्दै एन्फामा पनि निवेदन दिएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि यस विषयमा छानबिन गर्न एन्फामा निवेदन दिएका थिए। उनले आफू दोषी भए पदबाट राजीनामा दिन तयार गरेको बताएका छन्।

दुवैले निवेदन दिएपछि शुक्रबार एन्फाले कार्यसमितिको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा छलफलपछि दुवै जनाको निवेदनमाथि छानबिनका लागि मन्त्रालयलाई गुहार्ने निर्णय भएको प्रवक्ता किरण राईले जानकारी दिएका छन्।

No photo description available.

प्रकाशित मिति: ०६:३७ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्