पीसीआर रिपोर्टका आधारमा कैदीबन्दी भेट्न पाइने
काठमाडौं, साउन १६ : कोरोना भाइरसको महामारीका कारण रोकिएको कैदीबन्दी भेट्ने कार्यले पुनः निरन्तरता पाउने भएको छ।गृहमन्त्री बालकृष्ण खाणले पीसीआर परीक्षणको रिपोर्ट देखाएर...
काठमाडौं, साउन १६ : कोरोना भाइरसको महामारीका कारण रोकिएको कैदीबन्दी भेट्ने कार्यले पुनः निरन्तरता पाउने भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले पीसीआर परीक्षणको रिपोर्ट देखाएर कैदीबन्दी भेट्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिएका छन्।
गृह मन्त्रालय र मातहतका विभिन्न विभागको कार्य, योजना र कार्यान्वयनको प्रगती समिक्षा कार्यक्रममा बोल्दै उनले कोरोना सङ्क्रमणसँगै रोकिएको कैदीबन्दी भेटघाटलाई स्वास्थ्य मापदण्ड र पीसीआर रिपोर्टको आधारमा भेट्ने वातावरण बनाउन निर्देशन दिएका हुन्।
कोरोना महमारी शुरु भएसँगै कैदीबन्दी भेट्न रोक लगाइएको थियो। जसले गर्दा डेढ वर्षदेखि आफन्तजनले कैदीबन्दी भेट्न पाएका थिएनन्।
यससँगै गृहमन्त्री खाणले मन्त्रालयले सरकारको उपस्थिती प्रभावकारीरुपमा देखाउनुपर्ने भएकाले प्रविधिको उच्चतम प्रयोगमार्फत विभागलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए।











