Kathmandu Press

तनहुँमा एक चौथाइ विकास बजेट खर्च एक महिनामै

तनहुँ, साउन १५ : तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन्। आर्थिक वर्ष २०७७/७८...
तनहुँमा एक चौथाइ विकास बजेट खर्च एक महिनामै

तनहुँ, साउन १५ : तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन्। आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । 

उक्त आवका लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६३९ विनियोजन गरिएकामा असारमा मात्रै रु ९२ करोड ६६ लाख ८३ हजार ९८७ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। 

Hardik ivf

त्यस्तै सोही अवधिमा चालूतर्फ ११।८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु नौ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ विनियोजन गरिएकामा असारमा रु एक अर्ब १३ करोड एक लाख ४६ हजार ५४७ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए। 

यस्तै प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१।३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन्।

प्रदेश सरकारका तर्फबाट पूँजीगततर्फ रु दुई अर्ब ४० करोड ४८ लाख ४१ हजार ७२ विनियोजन गरिएकामा एकै महिनामा रु ९९ करोड ३८ लाख ३३ हजार ८५३ खर्च भएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा चालूतर्फ २२।७२ प्रतिशत बजेट खर्च भएको छ।

चालूतर्फ रु ९० करोड ६१ लाख एक हजार विनियोजन गरिएकामा रु २० करोड ५९ लाख १० हजार ८८७ खर्च भएको भट्टराईले बताए। 

‘असारमा रकम निकासा हुने भएकाले यो एकै महिनामा धेरै बजेट खर्च भएको जस्तो देखिन्छ,’ उनले भने, ‘अन्तिम अन्तिम भएकाले पनि यो बेला धेरै काम हुने गरेको छ।’

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्