Kathmandu Press

गायक अमात्यले दिए विद्यालयलाई टेलिस्कोप

काठमाडौं, साउन १५ : गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा...
गायक अमात्यले दिए विद्यालयलाई टेलिस्कोप
Hardik ivf

काठमाडौं, साउन १५ : गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा थप रुचि उजागर गर्न सो सामग्री वितरण गरिएको हो। 

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सो  विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरलाई विहीबार सो उपकरण हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष भट्टराईले विद्यालय प्रशासन एवं विद्यार्थीलाई निरन्तर सहयोग रहने बताए।

सामुदायिक विद्यालयलाई विभिन्न दाताको सहयोग जुटाई निःशुल्क टेलिस्कोप दिने अभियानलाई निरन्तरता दिइने सोसाइटीले जनाएको छ।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्