हल खुलाउन फिल्म संगठनको अर्थमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, साउन १४ : फिल्म हल खुलाउन फिल्मी संगठनहरूले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मदुसदन प्रधान,...
काठमाडौं, साउन १४ : फिल्म हल खुलाउन फिल्मी संगठनहरूले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मदुसदन प्रधान, नायक भुवम केसी, निर्देशन उदय सुब्बा लगायतले अर्थमन्त्राय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । झण्डै १६ महिनादेखि बन्द फिल्म हल खुलाउन उनीहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेर आग्रह गरेका हुन् ।
कोरोनाले थला परेको फिल्म क्षेत्रलाई चलायमान बनाउन मौद्रिक नीतिमा तीन वर्षपछिबाट मात्रै साँवा ब्याज बुझाउने गरि ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्न उनीहरुको माग छ। साथै २०७७ सालको मौद्रिक नीतिमा जस्तै यो वर्षपनि फिल्मलाई अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा राख्न माग गरेका छन्।
यस्तै, फिल्म निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ।






