Kathmandu Press

मैलुङखोला जलविद्युतकाे आईपीओ आजदेखि बिक्री खुला 

काठमाडौं, साउन १४ : मैलुङखोला जलविद्युत कम्पनीले आज (साउन १४) देखि सर्वसाधारणका लागि आईपीओ बिक्रीका लागि खुला गरेको छ।उक्त आईपीओका लागि छिटोमा साउन...
मैलुङखोला जलविद्युतकाे आईपीओ आजदेखि बिक्री खुला 

काठमाडौं, साउन १४ : मैलुङखोला जलविद्युत कम्पनीले आज (साउन १४) देखि सर्वसाधारणका लागि आईपीओ बिक्रीका लागि खुला गरेको छ।

उक्त आईपीओका लागि छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।

जसमध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात् १४ हजार ७ सय २६ कित्ता र ५ प्रतिशत अर्थात् सामूहिक लगानी कोषका लागि ३६ हजार ८१४ कित्ता छुट्ट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। मेरो सेयरमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डले गत असार २३ मा कम्पनीलाई आइपिओ निष्कासनका लागि अनुमति दिएको थियो। आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिएको छ।

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्