Kathmandu Press

हङकङलाई हराउँदै नेपाल एसिया कपका लागि छनोट

काठमाडौं, असार २४ : एसीसी यू-१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। यो जितसँगै नेपाल एसिया कपका लागि ....

हङकङलाई हराउँदै नेपाल एसिया कपका लागि छनोट

काठमाडौं, असार २४ : एसीसी यू-१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। यो जितसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ।

आज भएको फाइनल खेलमा हङकङलाई ६ विकेट पराजित गर्दै नेपालले उपाधि जितेको हो। ९५ रनको लक्ष्य पाएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाउदै जित हासिल गरेको हो। नेपालका लागि पवन सर्राफले ३९, रीत गौतमले १३, रोहितकुमार पौडेलले १२, खड्कबहादुर बोहरा र भीम सार्कीले आठ/आठ रन बनाए।

यसअघि नेपालले टस जितेर हङकङलाई ब्याटिङका लागि निम्त्याएको हो। पहिलो ओभरमै सागर ढकालले हङकङका नसुरल्ला रानालाई आउट गरे।

उनले १० ओभरमा पाँच मेडियन राख्दै १८ रन खर्चे पाँच विकेट लिएका थिए। उनलाई कमलसिंह ऐरले साथ दिए। कमलले आठ ओभरमा दुई मेडियन राख्दै २३ रन खर्चेर तीन विकेट लिएका थिए।

४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको हङकङका लागि अदित गोरुवाराले २४, कल्हम मार्क चल्लुले १९ र रौनक कपुरले १२ रन बनाएका थिए।

एसीसी यू-१९ एसिया कप श्रील‌ंकामा हुनेछ। याे जितसँगै नेपाल पूर्वी क्षेत्रबाट एसिया कपका लागि छनाेट भएकाे हाे।

 

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्