Kathmandu Press

काेराेना खाेपका लागि चलचित्रकर्मीलाई साउन १३ सम्म नाम पठाउन आग्रह

काठमाडौं, साउन १३ : सरकारले चलचित्रकर्मीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।त्यसका लागि नाम संकलन भइरहेको छ। स्वास्थ्य मन्त्रालयले चलचित्रकर्मीलाई खोपको व्यवस्था गरिदिने...
काेराेना खाेपका लागि चलचित्रकर्मीलाई साउन १३ सम्म नाम पठाउन आग्रह

काठमाडौं, साउन १३ : सरकारले चलचित्रकर्मीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।

त्यसका लागि नाम संकलन भइरहेको छ। स्वास्थ्य मन्त्रालयले चलचित्रकर्मीलाई खोपको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता जनाएपछि चलचित्र कलाकार सङ्घले सूचना प्रकाशन गरेर साउन १३ गतेभित्र कलाकर्मीलाई आफ्नो विवरण पठाउन आग्रह गरिसकेको छ।

Hardik ivf

१८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका चलचित्रकर्मीको छुट्टाछुट्टै विवरण भरेर पठाउन संघले आग्रह गरेको छ।

चलचित्र विकास बोर्डसमेतको समन्वयमा ओम समाज डेन्टल अस्पतालको व्यास्थापनमा खोप लगाइने पनि बताइएको छ।  

समयमै खोप आयात भए यही साउन १६ र १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको जनाइएको छ।

संघका अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी सूचनामा खोप लाउन इच्छुकहरुले प्रवक्ता मोहन निरौला र रामेश्वर बुर्लाकोटीलाई सम्पर्क गर्न सकिने उल्लेख छ।  

प्रकाशित मिति: १७:३० बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्