Kathmandu Press

सागरको घातक बलिङले ९५ मै खुम्चियो हङकङ

काठमाडौं, असार २४ : एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा सागर ढकालले उत्कृष्ट बलिङ गरेका छन्। उनले प....

 सागरको घातक बलिङले ९५ मै खुम्चियो हङकङ

काठमाडौं, असार २४ : एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा सागर ढकालले उत्कृष्ट बलिङ गरेका छन्। उनले पाँच विकेट लिएपछि हङकङ ९५ रनमै समेटिएको छ।

नेपालले टस जितेर हङकङलाई ब्याटिङका लागि निम्त्याएको हो। पहिलो ओभरमै सागर ढकालले हङकङका नसु्रल्ला रानालाई आउट गरे। त्यसपछि उनी लगातार विकेट लिँदै गए।

उनले १० ओभरमा पाँच मेडियन राख्दै १८ रन खर्चे पाँच विकेट लिए। उनलाई कमलसिंह ऐरले साथ दिए। उनले आठ ओभरमा दुई मेडियन राख्दै २३ रन खर्चेर तीन विकेट लिए।

त्यस्तै, नेपालका लागि कुशल मल्ल र तिलकराज भण्डारीले एक/एक विकेट लिएर हङकङलाई ठूलो स्कोर बनाउन दिएनन्।

४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको हङकङका लागि अदित गोरुवाराले २४, कल्हम मार्क चल्लुले १९ र रौनक कपुरले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपाल उपाधिका लागि ९६ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको छ।

प्रकाशित मिति: ११:०४ बजे, मंगलबार, असार २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्