Kathmandu Press

लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न नेप्सेकाे अनुरोध

लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न नेप्सेकाे अनुरोध

काठमाडौं, साउन १३ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सम्पूर्ण लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न अनुरोध गरेको छ। 

अधिकांश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक प्रविष्टि हुँदा सो नम्बर आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ । 

लगानीकर्ताहरुबाट स्थायी लेखा नम्बरमा पुँजीगत लाभकर जम्मा नभएको गुनासो आएको र फरक फरक स्थायी लेखा नम्बर प्रविष्टिका कारण यसो हुन गएको नेप्सेको भनाइ छ।

गलत स्थायी नम्बर प्रविष्टिका कारण लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा लाभकर जम्मा नभए नेप्से जिम्मेवार नहुने पनि बताइएको छ।


 

प्रकाशित मिति: १३:५७ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्