आज भारत र न्यूजिल्यान्ड भिड्दै, यस्ताे छ भारत र न्यूजिल्यान्डको कीर्तिमान
काठमाडौं, असार २४ : आईसीसी विश्वकपको आज पहिलो सेमिफाइनल हुँदैछ। पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्यान्ड भिड्दैछन्।
आज दिउसो ३ः१५ बजे मे....

काठमाडौं, असार २४ : आईसीसी विश्वकपको आज पहिलो सेमिफाइनल हुँदैछ। पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्यान्ड भिड्दैछन्।
आज दिउसो ३ः१५ बजे मेनचेस्टरमा विराट कोहलीको नेतृत्वमा भारत र केन विलियमसनको नेतृत्वमा न्यूजिल्यान्ड फाइनल प्रवेशका लागि मैदानमा उत्रिनेछ।
भारत र न्यूजिल्यान्डबीच यस अघि भएका विभिन्न प्रतियोगितामा थुप्रै कीर्तिमान पनि छन्। केही कीर्तिमान यस्ता छन् :
भारत र न्यूजिल्यान्डले जून १३ मा आइसिसि क्रिकेट विश्वकपको लिग चरणको खेल नोटिङहममा खेल्ने तय थियो । तर वर्षाका कारण रद्द भयो । पानी धेरै परेकोले दुवै टोलीका कप्तान ‘टस’ गर्न समेत मैदानमा आउन सकेनन् । भिजेको मैदान खेल्न अयोग्य ठहर भयो।
सन् २००३ यता विश्वकपमा दुई देशबीच खेल भएको थिएन। यो नै पहिलो हुने थियो। भाग्यको खेल- अन्ततः दुई देशबीच मंगलबार भिडन्त हुने भएको छ। तर यसपटक धेरै थोक दाउमा छ।
विश्वकपको पहिलो सेमीफाइनल खेल भारत र न्यूजिल्यान्डबीच अब नोटिङहमको साटो ओल्ड ट्राफोर्ड, म्यान्चेस्टरमा हुनेछ । भोलिपल्ट एजबास्टन, बर्मिङहममा हुने दोश्रो सेमीफाइनल खेलमा अष्ट्रेलिया र बेलायतबीच प्रतिस्पर्धा हुनेछ।
लिग चरणको शीर्ष स्थानमा रहेको भारतले बेलायत विरूद्ध खेलेको एउटा खेल मात्रै हारेको छ । एक समय अपराजित रहेको न्यूजिल्यान्डले पाकिस्तान, अष्ट्रेलिया र बेलायतसँग लगातार तीन पटक हार बेहोरेको छ । त्यसैले उनीहरूको आत्मविश्वास पनि कमजोर छ।
राम्रो सुरूआत र पाकिस्तानको अस्थिर प्रदर्शनकै कारण ‘किवि’हरूले अन्तिम चार देशमा स्थान पाएका हुन् । पाकिस्तानले राम्रै अंक बटुले पनि रन रेट कमजोर रह्यो।
भारतले बेलायत विरूद्ध राम्रै खेल प्रदर्शन गर्यो । अफ्गानिस्तान विरूद्ध भएको खेल सन्तोषजनक नभए पनि जित्न सफल भयो। विराट कोहलीको टोलीमा ‘मिडल अर्डर’को प्रदर्शन चिन्ताको विषय बनेको छ । तीन विकेट झरेपछि भारतीय टोलीमा अस्थिरता सुरू हुने देखिन्छ।
भारत र न्यूजिल्यान्डले एकअर्कासँग विश्वकपमा सात पटक प्रतिस्पर्धा गरेका छन् । ‘ब्ल्याक क्याप्स’लाई ४–३ को ‘एड्भान्टेज’ छ । सन् १९८३ र २०११ को विश्व च्याम्पियन भारत र सन् २०१५ को रनर अप न्यूजिल्यान्डबीच विश्वकपमा भएका खेलहरूको छोटो नतिजा यस्तो छ :
सन् १९७५ को विश्वकप : न्यूजिल्यान्डले भारतलाई ४ विकेटले जितेको
सन् १९७९ को विश्वकप : न्यूजिल्यान्डले भारतलाई ८ विकेटले जितेको
सन् १९८७ को विश्वकप : भारतले न्यूजिल्यान्डलाई १६ रनले जितेको
सन् १९८७ को विश्वकप : भारतले न्यूजिल्यान्डलाई ९ रनले जितेको
सन् १९९२ को विश्वकप : न्यूजिल्यान्डले भारतलाई चार विकेटले जितेको
सन् १९९९ को विश्वकप : न्यूजिल्यान्डले भारतलाई पाँच विकेटले जितेको
सन् २००३ को विश्वकप : भारतले न्यूजिल्यान्डलाई सात विकेटले जितेको
सन् २०१९ को विश्वकप : पानी परेपछि भारत र न्यूजिल्यान्डलाई बराबर अंक











